Rule 54
बढुवा समितिको सचिवालय
: (१) देहाय बमोजिमको बढुवा समितिको सचिवालयको काम देहाय बमोजिमको कार्यालयले गर्नेछ :–
(क) नियम ३९ को उपनियम (१) को खण्ड (क) र (ख) बमोजिमको बढुवा समितिको सचिवालयको काम मन्त्रालयले,
(ख) नियम ३९ को उपनियक (१) को खण्ड (ग) र (घ) बमोजिमको बढुवा समितिको सचिवालयको काम प्रधान कार्यालयले ।
(ग) नियम ३९ को उपनियम (१) को खण्ड (ङ) र (च) बमोजिमको बढुवा समितिको सचिवालयको काम सम्बन्धित क्षेत्रीय सशस्त्र प्रहरी कार्यालयले ।
(२) उपनियम (१) को खण्ड (ग) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रहरी प्रधान कार्यालयको प्रत्यक्ष मातहतमा कार्यरत रहेको सशस्त्र प्रहरी नायब निरीक्षकभन्दा मुनिको पदमा कार्यरत प्रहरी कर्मचारीको बढुवा गर्न वा यस नियमावली बमोजिम प्रधान कार्यालयबाट नै बढुवा सम्बन्धी काम गर्नु पर्ने अवस्था भएमा सोे बढुवा सम्बन्धी काम गर्ने प्रयोजनका लागि बढुवा समितिको सचिवालय प्रधान कार्यालयमा रहनेछ ।